LICN 1995.9 -27.1 PRIN 968 4 IGI 600 -4 SGHC 393.6 0.1 GBLBS 738 -10 MKHL 493 -6 NWCL 975 -13.9 RSDC 735 0 RBCLPO 12300 88 DOLTI 538 10 BARUN 379 -6.1 USLB 1467 -2.9 SMPDA 910 -1 UMRH 475 -1.9 SSHL 215 0.8 AHL 651 2 RADHI 397.9 7.9 UAIL 639 -1 ULBSL 3199 37 OHL 925 -9 HPPL 316.3 -3.6 SLCF 9.21 -0.1 BEDC 470 0 MLBS 1532.3 -86.7 NRM 426.1 -4.9 MEHL 380.1 -19.9 CHCL 568.9 -8.1 CGH 909 -5 NBF3 9.04 0.17 C30MF 9.74 0 LBBLD89 1208.5 23.5 RMF1 9.15 -0.1 NLIC 814 -13.4 LBLD86 1081 -0.2 RHGCL 388 0 MKCL 1497 -26 NHDL 570 0 DDBL 916.2 3.1 MBL 255 -4 HBLD83 1056.3 0.3
×
७० प्रतिशत मत खस्‍ने आयोगको अनुमान, आजै साँझबाट मतगणना हुने



प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज आइतबार साँझबाटै सुरु हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज साँझ ८ बजेतिरबाट मतगणना सुरु हुने बताए ।  भक्तपुरको लोकन्थलीमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थपलियाले मतदान पश्चात साँझसम्म सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरिने र त्ययसपछि मतगणना हुने बताए ।

यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने आकलन आयोगले गरेको छ । मतदान बिहान ७ बजेदेखि सुरु भएको हो ।  निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन् ।  १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ । निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।

निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण छन्। नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने कार्यक्रम छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस