×
Lagani
Lagani Shiksha gif
अग्नी सापकोटाले मतदान गरेको केन्द्रमा झडप



निवर्तमान सभामुख अग्नी सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ ।

सिन्धुपाल्चाेककाे  सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएकाे हाे । सभामुख सापकोटाले मतदान गरेको केही समयपछि एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो ।

Lagani Shiksha gif
sharehubapk अग्नी सापकोटाले मतदान गरेको केन्द्रमा झडप

माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने कोशिश भइरहेको सुरक्षा निकायले जनाएको छ । निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा  मंसिर २ मा नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सदा झै यो पटक पनि सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।

पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । यो पटक उनी उम्मेदवार बनेनन् । यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस