×
Lagani
Lagani Shiksha gif
पैसा बाँडेको आरोप लागेका एमालेका उम्मेदवारको गाडीबाट १०५ रुपैयाँ बरामद !



शुक्रबार राति भएका घटनाले मतदातालाई दल र उम्मेदवारले आर्थिक प्रलोभनमा पार्न गरेको प्रयास छताछुल्ल भएको छ।

मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेश सभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित शुक्रबार राति ३ जनालाई पक्राउ गर्‍याे । निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको भन्दै प्रतिस्पर्धी समूहले विरोध गरेपछि उनलाई प्रहरीले सुरक्षाका लागि भन्दै मंसिर २ को साँझ नियन्त्रणमा लिएको थियो।

Lagani Shiksha gif
sharehubapk पैसा बाँडेको आरोप लागेका एमालेका उम्मेदवारको गाडीबाट १०५ रुपैयाँ बरामद !

मतदातालाई रकम बाँडेको आरोप लागेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा उम्मेदवार दीपक निरौला चढेको गाडीबाट १ सय ५ रुपैयाँ रकम बरामद भएको हिमाल खबरले जनाएको छ।

निराैलासहित बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बूढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल पक्राउ परेका हुन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस