


शुक्रबार राति भएका घटनाले मतदातालाई दल र उम्मेदवारले आर्थिक प्रलोभनमा पार्न गरेको प्रयास छताछुल्ल भएको छ।
मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेश सभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित शुक्रबार राति ३ जनालाई पक्राउ गर्याे । निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको भन्दै प्रतिस्पर्धी समूहले विरोध गरेपछि उनलाई प्रहरीले सुरक्षाका लागि भन्दै मंसिर २ को साँझ नियन्त्रणमा लिएको थियो।
मतदातालाई रकम बाँडेको आरोप लागेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा उम्मेदवार दीपक निरौला चढेको गाडीबाट १ सय ५ रुपैयाँ रकम बरामद भएको हिमाल खबरले जनाएको छ।
निराैलासहित बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बूढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल पक्राउ परेका हुन्।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted