×
Lagani
Lagani Shiksha gif
गठबन्धन १५ वर्षसम्म रहनुपर्छ : प्रधानमन्त्री



प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताएका छन् ।

चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले  एमाले अध्यक्ष केपी शर्मा ओलीकाे संविधानलाई नै धरापमा पार्ने कार्यविरुद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।

Lagani Shiksha gif
sharehubapk गठबन्धन १५ वर्षसम्म रहनुपर्छ : प्रधानमन्त्री

समृद्धि र आर्थिक विकास राजनीतिक स्थायित्वको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनको आग्रह गरेका प्रधानमन्त्री देउवाले आफ्नो मन्त्रिपरिषदका सदस्य शेरबहादुर कुँवर योग्य र  सक्षम मन्त्री रहेको बताए । कुँवरलाई कलम, मेघराज खड्कालाई रुख र झपट साउदलाई गोलाकारभित्रको हसिंया हतौडमा मतदात गरेर विजय गराउन उनले मतदातालाई आग्रह गरे ।

देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने पनि दाबी गरे । नेपाल जलस्रोतको धनि भएकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने बताउँदै प्रधानमन्त्री देउवाले  भारतसँग पश्चिम सेती आयोजनालाई अघि बढाउन पञ्चेश्वरको सहमति भएको जानकारी दिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस