×
Lagani
Lagani Shiksha gif
ओनसरीको घोषणा : कोटेश्वरमा अण्डरपास , एयरपोर्टमुनि सुरुङमार्ग !



कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरी घर्तीमगरले निर्वाचन घोषणापत्र जारी गरेकी छन् ।

संयुक्त प्रतिवद्धतापत्रमा  तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात गरेकोउल्लेख छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर  उनले घोषणापत्र सार्वजनिक गरेकी हुन्।

Lagani Shiksha gif
sharehubapk ओनसरीको घोषणा : कोटेश्वरमा अण्डरपास , एयरपोर्टमुनि सुरुङमार्ग !

उनले निर्वाचन क्षेत्रका स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धतासहित घोषणापत्र ल्याएकी छन् । उनले घोषणापत्रमा मनोहरा करिडोर, पेप्सीकोला–सिनामगंल टनेल निर्माण र जडिबुटी–तीनकुने अन्डर पास बनाई कोटेश्वरको ट्राफिक जाम न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

गठबन्धनले प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको काठमाडौं–२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैगरी भौतिक पूर्वाधारतर्फ साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्य पहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखुु– बज्रयोगिनी– घुुमारचोक– डाँडाकटेरी –चौही भञ्ज्याङ –धारापानी –पटाप –कुुण्डेश्वर हुँदै सिन्धुुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धतापत्रमा उल्लेख छ । त्यस्तै चावहिल–साँखु सडकलाई मापदण्ड अनुसार यथाशिघ्र निर्माण सम्पन्न गराउने, शालीनदि–मनोहरा–मुलपानी–हरहर महादेव–पेप्सिकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

लामो समयदेखि काठमाडौं तीनकुनेमा पार्क बनाउने भन्ने एजेन्डा निर्वाचनका घोषणात्रपमा परे पनि अझैसम्म निर्माण हुन नसकेको अवस्थामा घर्तीले पनि आफ्नो चुनावी घोषणापत्रमा राखेकी छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस