GLBSL 1800.1 17.1 NGPL 312.2 2.3 SPC 570 -5 MEN 582 -3 GHL 151.9 2.3 SCB 562 1.6 FOWAD 1251 -8 ILBS 1207 22.1 SRLI 433.1 4 NBF3 7.45 -0.14 NIMB 154 0.3 CMF1 9 -0.07 MHL 540 -4.6 NMBMF 714 2 JFL 612 13 GUFL 773 3.1 HHL 369 9 LBBL 384.1 2.1 ACLBSL 1040 24 SGIC 530 1 KRBL 459.9 6.8 SKBBL 810 2 CZBIL 165 0 API 171 0.7 JBLB 1331 2.9 HPPL 280 1 UNHPL 236 5 USHEC 455 6 GVL 591 -5 KMCDB 1090 -1.8 SANIMA 248.2 -0.8 ALBSL 977 3.2 SHPC 320.1 1.5 NHDL 528.9 8.9 GMFIL 459 4 NICSF 8.73 -0.17 GRDBL 459.1 9.2 PROFL 418.7 3.7 SMATA 1021.5 2.5 BNHC 663.5 -11.5
×
किसानको खेतमा धान झार्दै , भोट माग्दै खतिवडा



उदयपुरको निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगनाथ खतिवडा किसानको खेतबारीमा धान झार्दै भोट मागि हिँडेका छन् ।

आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारको क्रममा मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै पुगेर किसानसँगै धान झार्दै भोट माग्ने गरेको भेटिन्छ ।

उम्मेदवारले किसानलाई काम सघाउँदै भोट माग्नु कुनै नौलो होइन, जनताकै छोरो भएकाले धान झार्न सघाउन भोट माग्दैछ । खतिवडाले  कटारी नगरपालिका-१२ मा निर्वाचन प्रचारप्रसारको लागि किसानको खेतमा धान झार्न किसानलाई सघाएका थिए ।

आफू पनि किसानकै छोरो भएकाले किसानसँगै काम गर्न अल्छीपन नआउने उम्मेदवार खतिवडा बताउँछन् । उनले भने, ‘मैले जनता भेटेको बेला समयले दिएको मौकामा सहयोग गरेका हुँ । कटारी नगरपालिका-१२ मात्रमा होइन अन्य ठाउँमा पुग्दा काम सघाउने गरेको छु ।’

उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्र एक चरणको निर्वाचन प्रचार प्रसार सकेको बताउँदै उनले थप्दै भने, ‘प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा एक चरणको चुनाब प्रचारप्रसार सकिएको छ ।’ निर्वाचिनको मिति नजिएसँगै उदयपुरमा राजनीतिक दलले प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस