×
Lagani
Lagani Shiksha gif
डडेल्धुरामा सागर ढकाललाई चुनावी प्रचार प्रसारमा रोक !



डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले प्रचार प्रसारमा रोक लगाइएको बताएका छन् ।

पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका थिए । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन् । तर आज फेसबुकमा स्टाटस लेख्दै उनले सबै प्रशासन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मुनि रहेको कारणले आज आफुलाई प्रसारमा  रोक लगाइएको जनाएका छन्।

Lagani Shiksha gif
sharehubapk डडेल्धुरामा सागर ढकाललाई चुनावी प्रचार प्रसारमा रोक !

प्रधानमन्त्री शेरबहादुर देउवाले कानून उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको तर, आफूलाई भने चुनावी प्रचारको लागि माइकिङ गर्न पनि नदिइएको उनले बताए ।

उनले लेखेका छन् ” मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।

 

sagar dhakal mfLFCBVh0k डडेल्धुरामा सागर ढकाललाई चुनावी प्रचार प्रसारमा रोक !

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
H B kamali
Guest
H B kamali
November 7, 2022 8:11 pm

के परमादेशी सरकारले स्वातन्त्र उमेद्वार सागरलाई Cash लगाए मान्य हुने छैन , होसियार गठबन्धन ! कानुनको पालना सबैले गर्नुुपर्दछ ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस