JBBD87 982.1 3 NICA 415.1 -2.9 NICL 843 -12 TPC 525 4.8 ENL 1001 -17 SLBSL 1210 12 KBSH 1611.5 146.5 MEN 616.3 -2.7 RMF1 8.2 0.24 VLUCL 512 -6 NRN 640 -54 SGHC 339 0.4 HLBSL 1295 -33 RFPL 372.5 -6.5 NMB 194.9 -2.1 AVYAN 974 4 HEI 605 -9 LEC 185 0.3 MAKAR 400 2 NABIL 479.1 -3.9 CKHL 589.5 -18.5 SJLIC 413.1 -5.9 JSLBB 1400 -30 SADBLP 173 0 SHIVM 497.1 -6.2 MHL 450 -9.9 SINDU 397.7 11.7 SHL 436 -0.5 MPFL 503 -12 SAHAS 528.1 -14.9 CLI 486.1 1.4 UMRH 415.2 -4.8 VLBS 1057 -41 RLFL 414 6 CFCL 450 6.5 SBI 299.9 -0.1 GBLBS 812.2 -2.8 CIZBD90 1023.1 0.1 BPCL 293 -3.9 SRLI 444.8 -2.2
×
ऋषी धमलाको कार्यक्रममा कार्यकर्ताबीच हानाहान !



रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन् ।

प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा उपस्थित दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको हो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पधीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान र ढुङ्गा प्रहार भएको थियो । सोही क्रममा शुक्ला घाइते भएका हुन् भने केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले जानकारी दिए ।

घाइते शुक्लाको ओठमा १७ वटा टाका लगाइएको छ । उनको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको त्रिपाठीले बताए । संचारकर्मी ऋषी धमलाले सञ्चालन गरिरहेको कार्यक्रममा त्यस क्षेत्रका उम्मेदवारहरू नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारी उपस्थित थिए ।

एक चरणमा सबै उम्मेदवारले भनाई राखेपछि दोस्रो चरणमा भनाई राख्ने क्रममा कार्यकर्ताबीच काम गरेको हो होइन भन्ने विषयमा भनाभन भएपछि विवादीत हुन पुगेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको रिर्पोट आए पनि घाइतेको सम्बन्धमा राति ८ बजेसम्म केही रिर्पोट नआएको बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस