×
Lagani
Lagani Shiksha gif
तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको भ्याकेट निवेदन



निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

Lagani Shiksha gif
sharehubapk तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको भ्याकेट निवेदन

मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।

कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा प्रतिनिधिसभाकी उम्मेदवार हुन् । नेपाल मेडिकल काउन्सिल सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पद भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस