SALICO 747 -9.1 NICGF2 8.78 -0.02 SFMF 10.2 -0.2 JOSHI 305 -6.8 PHCL 465.1 -9.9 CBBL 980 1 DLBS 1374 30 NFS 1350 -43 ULHC 390 -7.9 RFPL 532 11.1 MLBL 398 -6.9 JBBL 351 -3.1 HATHY 1322 13 RBCLPO 12300 88 LSL 253.5 -5.5 NWCL 975 -13.9 MLBS 1532.3 -86.7 SBLD84 1040 19.3 BFC 625 9.1 AKPL 248.5 -2.5 RHGCL 388 0 USHEC 523 -7 SARBTM 765 -5 RBCL 17071 -109 LBBLD89 1208.5 23.5 PRIN 968 4 SRBLD83 1065 -10 NICL 990.2 -4.8 BNT 14350 -50 SJLIC 477 -7.5 HPPL 316.3 -3.6 NIMB 241.9 -9.1 MHCL 410 -7 CKHL 632 -8 NICSF 9.5 0.25 KSBBL 448 -3 MERO 760 0.5 SONA 473.2 -7.8 CIZBD90 1081 1 ICFC 823.9 74.9
×
तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको भ्याकेट निवेदन



निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।

कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा प्रतिनिधिसभाकी उम्मेदवार हुन् । नेपाल मेडिकल काउन्सिल सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पद भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस