×
Lagani
Lagani Shiksha gif
उम्मेदवारी खारेजी निर्णय विरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा



उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

Lagani Shiksha gif
sharehubapk उम्मेदवारी खारेजी निर्णय विरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम निज डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको थियो  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस