एमआरआरलाई मेटाले निस्क्रिय बनाएको छ ।
चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले निस्क्रिय गराएको हो । पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि निर्वाचन आयोग र नेताहरुले फोर्स लगाएर ग्रुप बन्द गराएको सबैले आकलन गरेका छन्।
यो ग्रुपलाई जानी जानी निस्क्रिय गराएको ग्रुपमा सदस्यहरु बताउछन। तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको एडमिनले जनाएका छन्।
निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग निर्वाचनलाई लक्षित गरी घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो । यो ग्रुपका एडमिनका अनुसार निर्वाचन आयोगको पहलमा फेसबुकको मातृ कम्पनी मेटाले निष्कृय गराएको बताएका छन् ।
स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेन्द्र शाहलाई जिताउन सक्रिय भएको कारण नेताहरुलाई आगामी चुनावमा असहज हुन् सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरुले गरेका थिए ।
एमआरआरको फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।

















