सामाजिक सञ्जाल फेसबुक संगै अहिले ट्वीटरको ट्रेण्डिङमा आएको छ #NONOTAGAIN ।
फेसबुक र ट्वीटरमा सुरु भएको ‘नो नट अगेन’ ग्रुप र पेज बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सामाजिक सञ्जाल ‘नो नट अगेन’ फेरी बलियो भएको छ । फेसबुकबाट बिस्तारै हराउदै गएको यो अभियान निर्वाचन आयोगको निर्देशनपछि झन् चर्चामा आउँ लागेको हो।
निर्वाचन आयोगले ‘नो नट अगेन’ भन्दै पोस्ट गरे जरिवाना सहित जेल लैजाने चेतावनी दिएको थियो तर आयोगको चेतावनी पछि नतिजा उल्टो भयो। अहिले झन् ‘नो नट अगेन’ ट्रेण्डिङमा पुगेको छ।
‘नो नट अगेन’ लाई उर्जा मन्त्री पम्फा भुसालले ‘नो नट अगेन’ विरुद्ध साइबर ब्युरोमा उजुरी दिएपछि पहिले नै प्रहरीको साइबर ब्युरोबाट चेतावनी पाइसकेको थियो । साइबर ब्यूरोको चेतावनीपछि ‘नो नट अगेन’ झन् सक्रिय भयो ।
‘मन्त्रीले नै उजुरी दिएपछि हामी बढ्ता सक्रिय भयौं,’ पाटनमा भेटिएका ‘नो नट अगेन’ चलाउने एक युवकले भने । बारम्बार संसदमा पुगेर परीक्षण भइसकेका नेतालाई ४ मंसिरको चुनावबाट स–सम्मान बिदा गरौं भन्ने आशयसहित सुरु भएको यो अभियान फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमा अहिले सक्रिय छ ।
‘नो नट अगेन’ले उर्जा मन्त्री पम्फा भुसालले ‘नो नट अगेन’ विरुद्ध साइबर ब्युरोमा उजुरी दिएपछि पहिले नै प्रहरीको साइबर ब्युरोबाट चेतावनी पाइसकेको थियो । साइबर ब्यूरोको चेतावनीपछि ‘नो नट अगेन’ झन् सक्रिय भयो ।
सामाजिक सञ्जालमा भएको ‘नो नट अगेन’ नामका फेसबुक पेज, ट्वीटर ह्याण्डल कसले चलाइरहेको छ भन्ने धेरैलाई थाहा छैन । तर नेपालको चर्चित मिडिया अनलाइनखबरले उनीसँग भेटेको छ। ललितपुरको पाटनमा भेटिएका ती युवकले आफ्नो परिचय भने खुलाउन चाहेनन् ।
तपाईले यस्तो किन गर्नु भयो भन्दा उनि भन्छन। ‘हामीले जनताको आवाज बोलेका हौं । जनताको कुनै एउटा निश्चित अनुहार हुँदैन’, जवाफमा उनले भने । तर, असुरक्षाका कारण खुल्न नसकेको उनले बताए । ‘नो नट अगेनका सबै ह्याण्डल मैले चलाइहेको छु । कन्टेन्ट बनाउन र पोस्टर बनाउन र सूचना दिन साथीहरुले सहयोग गर्नुहुन्छ’, उनि एक्लै देखिए पनी हामी भन्नुको कारण खुलाए ।
‘नो नट अगेन’ चलाउनेहरु आयोगको कानूनी डण्डासंग नभई दलका कार्यकर्तासंग भने असुरक्षित महसुस गरिरहेका छन् । भन्छन्, ‘आयोगको विज्ञप्ति र कानुनी धम्कीसंग डर होइन । परिचय खोल्दा दल र नेताका अन्धभक्त कार्यकर्तासंग असुरक्षित होइन्छ कि भन्ने डर हो ।’ तर, आवश्यक पर्दा आफ्नो परिचय खोल्न भने तयार रहेको उनले भनेका छन् ।
राजनीति, संसद र सत्ता दलका केही नेताको पोल्टाको सम्पत्ति जस्तो भएको भन्दै आक्रोशित सुनिने ‘नो नट अगेन’का अभियन्ताहरु आफूले कुनैपनि दल र उम्मेदवारलाई समर्थन नगरेको बताउँछन् । भन्छन्, ‘हामीले कसैलाइ समर्थन गरेका छैनौं । हामीले सत्ता र शक्तिमा पुगेर बारम्बार परीक्षण भएर फेल भइसकेका नेतालाई अब स–सम्मान बिदाइ गरौं मात्र भनेका हौ ।’
किन भनेर प्रश्न गर्दा उनि भन्छन ‘किनभने यी नेता नै बारम्बार संसदमा पुगेका कारण अरुले मौका पाएनन् । राजनीति यी नेताको मात्र पेवा हो त ? सीमित नेताको सिण्डिकेट जस्तो बनेको राजनीतिबाट मुक्ति खोज्ने प्रयासको परिणाम हो ‘नो नट अगेन’ ।’
प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, माधव कुमार नेपाल, केपी शर्मा ओली र बाबुराम भट्टराईलाई चुनावमा हराऊ भनिरहेको यो अभियान अहिले भने दुई वा दुई पटक भन्दा बढी संसदमा पुगेका मान्छेलाई चुनावबाट बिदा गरौं भनिरहेको छ ।
















