SCB 691.1 3.6 USHL 783.2 -13.7 SIFC 628 10 FMDBL 758 -0.1 SIGS3 9.45 0.09 ANLB 4453.1 47 NBLD85 1025 0 NICA 452 -13 NLIC 814 -13.4 NIFRA 280 -5 LBLD86 1081 -0.2 BARUN 379 -6.1 RHGCL 388 0 HRL 861 -4 SEF 9.51 -0.24 MEL 292 2 HDHPC 208.8 -4.1 ULHC 390 -7.9 GMFIL 623 1 NWCL 975 -13.9 CYCL 1540 -7 SIGS2 10.05 0 MNBBL 395.8 -0.8 SJCL 326 -3.7 CMF1 10.5 -0.2 MKJC 467.9 -1 CBBL 980 1 BNHC 466.9 0.7 C30MF 9.74 0 PFL 652 -1 EBLD86 1040 -2 ENL 1102 -18 MHCL 410 -7 NICSF 9.5 0.25 HATHY 1322 13 BEDC 470 0 CKHL 632 -8 CCBD88 1123.1 6.1 GFCL 1051.1 6 CGH 909 -5
×
पर्सि पूर्ण चन्द्रग्रहण देखिदै , कुन राशिलाई कस्तो असर गर्छ ? जान्नुहोस



कार्तिक महिनाको २२  गते पूर्ण चन्द्रग्रहण लाग्दैछ ।

नेपालमा यो ग्रहण २ घण्टा २० मिनेट लामो हुने छ। नेपालमा यो ग्रहण करिब ५ बजेर ११ मिनेट देखि देखिन सुरु हुने छ भने ७ बजेर ४१ मिनेट जादा समाप्त हुने छ। यद्यपि यो ग्रहण दिउसो १ बजेर ४७ मिनेट जादा सुरु हुने छ। तर नेपालमा दिउसो भएको कारण देखिने छैन।

१५ दिनमा दुई वटा ग्रहणको प्रभाव देशमा देखिने ज्योतिषीहरुले बताएका छन् । यसका कारण प्राकृतिक प्रकोप आउन सक्छ वा मौसममा अचानक परिवर्तन आउने विश्वास गरिन्छ । साथै चन्द्रग्रहणको प्रभावले देशबीच तनाव बढ्ने र दुई देशबीच सिमा विवाद हुन सक्ने र विकासको गति सुस्त हुन सक्ने बताइएको छ । जसका कारण व्यापारी वर्गमा चिन्ता बढ्न सक्छ ।

यो चन्द्रग्रहणले कुन राशिलाई बढी असर गर्छ ?

मेष
वर्षको अन्तिम सूर्यग्रहणको प्रभावले मेष राशिका लागि केही नकारात्मक प्रभाव ल्याउन सक्छ। यसको प्रभावका कारण मेष राशिको धन हानि हुनुका साथै केही स्वास्थ्य समस्याको सामना गर्नु पर्नेछ।

वृषभ

वृष राशिका लागि चन्द्रग्रहणले मिश्रित प्रभाव ल्याउनेछ । यो राशिले धनसम्पत्तिको संकेत मिलिरहेको भए पनि शिक्षामा केही नकारात्मक असर पर्न सक्छ । प्रतिस्पर्धात्मक परीक्षामा उत्तीर्ण भएकाहरूले असफलताको सामना गर्नुपर्ने हुन सक्छ।

मिथुन
चन्द्रग्रहणले मिथुन राशिका लागि शुभ संकेत दिन्छ। तपाईंले पैसा कमाउन सक्नुहुन्छ र रोकिएको पैसा फिर्ता हुने सम्भावना छ। चन्द्रग्रहणको प्रभावले राम्रो काम पनि मिल्न सक्छ वा पदोन्नतिको सम्भावना छ ।

कर्कट राशि
वर्षको अन्तिम चन्द्रग्रहण कर्कट राशिका लागि समस्याले भरिपूर्ण हुन सक्छ । चन्द्रग्रहणको प्रभावले यस राशिका व्यक्तिहरूलाई काममा केही समस्या आउन सक्छ। यस चन्द्रग्रहणको प्रभावले कर्कट राशि भएका व्यक्तिहरूलाई स्वास्थ्य समस्याहरू सामना गर्न सक्छ।

सिंह

चन्द्रग्रहणको प्रभावले सिंह राशिका व्यक्तिहरुका लागि दाम्पत्य र प्रेम सम्बन्ध सुदृढ हुने संकेत देखिन्छ । यदि कुनै ठाउँमा विवाहको चर्चा चलिरहेको छ भने छिट्टै बिहे गर्न सकिन्छ ।

कन्या राशि
कन्या राशि भएका व्यक्तिलाई चन्द्रग्रहणले मिश्रित प्रभाव दिनेछ । यी व्यक्तिहरूले जागिरमा बढुवा पाउन सक्ने भए पनि परिवारका सदस्यहरूसँग मनमुटाव हुने संकेत पनि देखिन्छ। शुभ संकेतका रूपमा यो राशिका व्यक्तिहरूले नयाँ घर किन्न सक्छन्।

तुला राशि
तुला राशि हुनेहरुका लागि आर्थिक हानिको संकेत रहेको छ । बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुभएन भने ठूलो घाटा हुन सक्छ।

वृश्चिक
वृश्चिक राशिका लागि वर्षको अन्तिम चन्द्रग्रहण शुभ रहनेछ । सन्तान सुख प्राप्त हुने सम्भावना छ वा सन्तानका लागि शुभ समाचार प्राप्त हुन सक्छ।

धनु धनु राशि भएका व्यक्तिले चन्द्रग्रहणको प्रभावका कारण काममा उतारचढाव भोग्नु पर्ने हुन्छ । आफ्ना वरिष्ठहरूबाट टाढा रहनुहोस् र सहकर्मीहरूसँग राम्रो सम्बन्ध निर्माण गर्नुहोस्।

मकर राशि
चन्द्रग्रहणको प्रभावले मकर राशिका व्यक्तिको मान सम्मानमा वृद्धि हुने सम्भावना छ । नयाँ गाडी किन्न र नयाँ जिम्मेवारी लिन सकिनेछ।

कुम्भ राशि
-कला वा संगीतमा रुचि बढ्न सक्छ। घरपरिवारमा धार्मिक कार्य हुनसक्छ । कपडा उपहारको रूपमा पाउन सकिन्छ। पारिवारिक जीवन सुखमय रहनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। सम्मान मिल्नेछ । आम्दानी बढ्नेछ ।

मीन
मनमा शान्ति मिल्नेछ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। पारिवारिक समस्यामा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ । आत्मविश्वासको कमी रहनेछ । परिवारमा धार्मिक कार्यक्रम आयोजना हुनसक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । घरजग्गाबाट आम्दानीको स्रोत हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस