×
Lagani
Lagani Shiksha gif
युद्धमा एकआपसमा लडेको सम्झेर अहिले मत दिन कठिन मान्नुहुँदैन : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा आमनेसामने भएर लडेको सम्झेर अहिले मतदान गर्न आनाकानी गर्न नहुने बताएका छन् ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युद्धकालमा माओवादी र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (तत्कालीन एमाले)बीच आमनेसामने भएकै आधारमा अहिले मतदान गर्न कठिन मान्नुनपर्ने बताए ।

Lagani Shiksha gif
sharehubapk युद्धमा एकआपसमा लडेको सम्झेर अहिले मत दिन कठिन मान्नुहुँदैन : प्रचण्ड

१२ बुँदे सहमति, शान्ति प्रक्रिया हुँदै अहिलेको राजनीतिक अवस्थामा आएकाले कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी उम्मेदवारलाई मत दिन कठिन मान्नुनहुने प्रचण्डको भनाइ छ ।

देश र जनताका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताएका प्रचण्डले अहिलेको गठबन्धनको सत्ताका लागि नभएको बताए ।
देशमा प्रतिगमनविरुद्ध लड्न आवश्यक परेका बेलासम्म गठबन्धन रहने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस