×
Lagani
Lagani Shiksha gif
सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर भोट माग्दै मन्त्री, कारबाही नगरी सुरक्षा दिदै प्रहरी।



आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ ।

बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनाबी प्रचारप्रसारका निम्ति सरकारीले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।

Lagani Shiksha gif
sharehubapk सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर भोट माग्दै मन्त्री, कारबाही नगरी सुरक्षा दिदै प्रहरी।

मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन । बारा जिल्ला घर भएका मन्त्री चौधरी कोही हप्तादेखि बारामै छन ।

उनले चुनाबी प्रचारप्रसारका निम्ति  समेत सरकारी गाडी प्रयोग गर्दै आएको एक स्थानिए राम एकबाल चौधरीले बताए । “मैले पहिले मन्त्री ज्युको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे”, चोधरीले भने, प्रहरी नै मन्त्रीँग  अघिपछि हुन्छ प्रशासन मौन छ, कसले  कारबाही गर्ने खै ?

निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

यसअगि स्थानीय तहको निर्वाचनमा समेत उनले आचारसंहिता उल्लंघन गर्दै चुनाबी प्रचारप्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको थियो ।

Mantri ko gadi सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर भोट माग्दै मन्त्री, कारबाही नगरी सुरक्षा दिदै प्रहरी।

पहिलाको नम्बर प्लेट

Number Paribartan 1 .jpg सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर भोट माग्दै मन्त्री, कारबाही नगरी सुरक्षा दिदै प्रहरी।

हाल परिवर्तन गरिएको नम्बर प्लेट

Number Paribartan 2 .jpg सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर भोट माग्दै मन्त्री, कारबाही नगरी सुरक्षा दिदै प्रहरी।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस