×
दोहोरो अंकले बढ्यो नेप्से , कारोबार रकम भने घट्यो



साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीले २९ करोड १९ लाख पाँच हजार तीन सय १६ रुपैयाँको कारोबार गरेको छ ।

आज कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । हाइड्रोपावर, माइक्रो फाइनान्स र अन्य समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ भने विकास बैंक, फाइनान्स, निर्जीवन बिमा समूह र लगानी समूहको सूचकमा सुधार आएर हरियो देखिएका छन् । यस्तै बाँकी सबै समूहको सूचक राताम्मे भएको छ । राता देखिएका सूचकहरूमा शून्यदेखि एक दशमलव १५ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ ।

आज सर्वाधिक कमाउनेमा रिडि हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज सबैभन्दा धेरै गुमाउने लगानीकर्तामा एभरेष्ट इन्स्योरेन्स  कम्पनी लिमिटेडको प्रमोटर सेयरका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य  सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस