×
Lagani
Lagani Shiksha gif
भोट माग्दै किसानको खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका लगानीकर्ता उम्मेदवार हरि ढकाल !



आउदै गरेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवनको क्षेत्रनम्बर १ बाट उठेका लगानीकर्ता हरि ढकाल यतिबेला चुनावी प्रचारमा छन्।

आज उनि भोट माग्न किसानको खेतमा पुगेका छन्। तस्बिर सार्बजनिक गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “म र हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी किसानहरुका मुद्दामा प्रस्ट छौँ । किसानले बेलामा मल नपाएका कुरा मात्र हैन प्रकृतीसंग जुद्दै, लड्दै बचाएको बालिले उचित मूल्य सहितको बजार नपाएको कुरामा पनि हामी जानकार छौँ ।
त्यसो भए हामी के गर्छौं त?
👉️हामी हरेक वडामा कृषि प्रबर्द्धन केन्द्र स्थापना गर्नेछौं,
👉️किसानको नाममा पार्टिका कार्यकर्तालाई पोस्न झोलाको फर्ममा नेपाल सरकारले बिभिन्न ५ तहबाट प्रदान गर्दै आएको अनुदानलाई रोकि उक्त अनुदान त्यहि प्रबर्द्धन केन्द्र मार्फत बितरण गर्ने ब्यबस्था गर्नेछौं,
👉️उक्त प्रबर्द्धन केन्द्र सन्चालन गर्न स्थानिय तह (वडा) र त्यहिका किसानहरुको संयुक्त समिति निर्माण गरि संचालन गर्ने ब्यबस्था मिलाउनेछौ,

Lagani Shiksha gif
sharehubapk भोट माग्दै किसानको खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका लगानीकर्ता उम्मेदवार हरि ढकाल !

👉️अनुदान प्रदान गर्दा उत्पादनमा आधारित अनुदानको ब्यबस्था गर्नेछौं,
👉️लागत नियन्त्रणको लागि ट्र्याकटर, थ्रेसर र अन्य कृषि यन्त्र तथा उपकरणहरु डिजेल तथा पेट्रोल आफैले भरेर प्रयोग गर्न मिल्ने ब्यबस्था मिलाउनेछौ,
👉️उत्पादित कृषि उपजलाई सोही प्रबर्द्धन केन्द्र मार्फत उचित मूल्यमा बजारिकरण गर्ने ब्यबस्था मिलाउनेछौ,
👉️रासायनिक मल खरिदको लागि खरिद ऐन संसोधन गरि बेलामा सहज ढङ्गले मल पाउने खालको नीती निर्माण गर्नेछौं,
👉️रासायनिक मलको प्रयोग बिस्तारै घटाउदै लगेर प्राङगारिक मल प्रयोग गर्न प्रोत्साहन स्वरुप अनुदानको ब्यबस्था मिलाउनेछौ र अर्गानिक उत्पादनलाई जोड दिनेछौं,

👉️हाम्रा अन्नदाता किसानलाई उच्च सम्मान प्रदान गर्न किसान प्रमाणपत्र प्रदान गरि किसानको पहिचान सुनिश्चित गर्नेछौं,
👉️माथिका यी सबै काम एउटै कृषि प्रबर्द्धन केन्द्रबाट सम्पन्न गरि किसानको पिडामा मलम लगाउने प्रण गर्दछौं ।

312489586 5940618025988653 3983498796795168672 n भोट माग्दै किसानको खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका लगानीकर्ता उम्मेदवार हरि ढकाल !

311890100 5940616512655471 7541325025293740234 n भोट माग्दै किसानको खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका लगानीकर्ता उम्मेदवार हरि ढकाल !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस