×
Lagani
Lagani Shiksha gif
नारायणी नदीमा सिग्नेचर ब्रिज बन्दै , विभागले गर्यो ठेक्का आह्वान।

साङ्केतिक तस्बिर



नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।

२०७३ सालबाटै सडक विभागले पूर्वपश्चिम राजमार्गको चितवनको नारायणगढ र पूर्वी नवलपरासीको गैँडाकोट जोड्न ‘सिग्नेचर’ ब्रिज बनाउने योजना ल्याएको थियो । यही योजनाका लागी अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।

Lagani Shiksha gif
sharehubapk नारायणी नदीमा सिग्नेचर ब्रिज बन्दै , विभागले गर्यो ठेक्का आह्वान।

सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । बैंकले यसका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको हो । यस्तो पुल बनाउने कामको सुरुआत चितवनको नारायणी नदीबाट हुनेछ ।

हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेकोमा अब बन्ने पुल ५०० मिटर लामो हुने छ। उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ ।

उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ ।

 

Narayani Bridge Bids नारायणी नदीमा सिग्नेचर ब्रिज बन्दै , विभागले गर्यो ठेक्का आह्वान।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस