×
Lagani
Lagani Shiksha gif
सबै बराबर: नेपाली अर्बपति चौधरी चुनावको लागि घरदैलो गर्दा स्थानीयसँग खाना खाँदै।



आउँदो मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरी भोट माग्न हिडेका छन्।

उनि आगामी निर्वाचनका लागि नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका हुन्। नेपालकै अरबपति उनि चुनावको बेला जनाताको झुपडीमा मत माग्न जादा धेरैले व्यंग्य गरेका छन्। चुनाव यस्तो चिज हो जसले अर्बपतिलाई पनि माग्ने बनाउछ।

Lagani Shiksha gif
sharehubapk सबै बराबर: नेपाली अर्बपति चौधरी चुनावको लागि घरदैलो गर्दा स्थानीयसँग खाना खाँदै।

त्यस्तै आज उनले घरदैलो गर्दा नवलपरासीको एक घरमा स्थानीयसँग खाना खाँदै गरेको तस्बिर सार्बजनिक भएको छ। यसमा धेरै जनाले फरक फरक धराणा राखेका छन्। एकजना लेख्छन “के नाैलाे कुराे भयो र 🙄🙄 चुनाव आउदा सबै बराबर हुन्छन् , खाना पनि उस्तै खान्छन् , यति मात्रै हाेर खाना खाएको थाल पनि आफैले माझ्छन भन्या ।”  त्यस्तै अर्का फेसबुक प्रयोगकर्ताले लेखेका छन् “बिनोद चौधरी कुनै गरिबको घरमा गएर खान सक्छ तर कुनै गरिब बिनोद चौधरीको घरमा गएर खान सक्दैन । यहि हो बराबरी ?

उनको यो तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस