×
Lagani
Lagani Shiksha gif
अब टिकटकमा लाइभ गर्न १८ वर्ष पुग्नु पर्ने !



टिकटकले टिकटकमा लाइभ गर्ने प्रयोगकर्ताको उमेर हद तोकेको छ ।

मंसिर ७ देखि लागु हुने गरि टिकटकले यो नियम लागु गर्न लागेको हो। हाल टिकटकमा लाइभ गर्न १६ वर्षको हुनुपर्ने नियम रहेको छ। साथै अब लाइभलाई  एडल्ट–ओल्नी अर्थात् १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्रै हेर्न मिल्ने बनाउन मिल्ने फिचर लन्च गर्न लागेको हो।  वयस्कहरूका लागि बनाइएका कन्टेन्ट नाबालिगहरूसम्म नपुगुन् भनेर उमेर हदको फिचर ल्याउन लागेको टिकटकले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk अब टिकटकमा लाइभ गर्न १८ वर्ष पुग्नु पर्ने !

टिकटक पहिले नै दर्शकहरूको ध्यान खिच्नका लागि उत्तेजक, सम्भावित जोखिमपूर्ण सामग्री पोस्ट गर्न युवाहरूलाई उत्प्रेरित गर्ने तरिकाहरूमा धेरै छानबिनमा आएको छ। लाइभ-स्ट्रिमिङले यसलाई अर्को स्तरमा लैजान्छ, किनकि मानिसहरूले वास्तविक-समयमा प्रसारणकर्तासँग अन्तरक्रिया गर्न सक्छन्, जसले सम्भावित रूपमा किशोरहरूलाई अझ बढी जोखिममा राख्छ।

यससका साथै टिकटकले किवर्ड फिल्टरिङ टुल पनि सार्वजनिक गर्न लागेको छ । यसको मद्धतले प्रयोगकर्ताले आअफ़ुलाई नराम्रो लाग्ने शब्द कसैले प्रयोग नगरोस भनेर पहिलै नै सेट गर्न मिल्ने छ। सेट गरिएका शब्द अरुले आफ्ना पोस्टको कमेन्टमा लेख्न पाउँदैनन् ।

टकले यो विषयलाई सम्बोधन गर्न खोज्नु सकारात्मक भएको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस