गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो । कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव ५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी वृद्धि हुने हुँदा सोहीअनुरुप नियमावली संशाेधन गर्ने लगायतका एजेन्डा छन् ।

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।