×
Lagani
Lagani Shiksha gif
सानिमा र जनरल इन्सुरेन्सको कात्तिक ७ बाट एकीकृत कारोबार सुरु हुँदै



सानिमा जनरल र जनरल इन्सुरेन्स एक आपसमा मर्ज भएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा समितिले असोज १४ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सानिमा जिआईसी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनीको असोज ११ गते बसेको विशेष साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । एक आपसमा मर्ज हुने भएपछि हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का छ ।

Lagani Shiksha gif

यी दुई कम्पनीहरुबीच गएको असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । हाल सानिमाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जनरलको पनि १ अर्ब रुपैयाँ नै चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस