×
Lagani
Lagani Shiksha gif
स्थानीय भन्छन्- यो ठाउँको लागि रेखा थापाले केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन् ।

मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । ‘नेताहरू पटक पटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरू सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ । अनि त्यो कुराहरू केही पनि पुग्दैन। म सपना सुनाउन आएको होइन, तपाईंहरूको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरू सबै बुझेको छु ।’

Lagani Shiksha gif
sharehubapk स्थानीय भन्छन्- यो ठाउँको लागि रेखा थापाले केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ

आफू नेता बन्न होइन, नेता बनाउन आएको रेखाले बताइन् । ‘अब तपाईंहरू मत दिने हातहरू महान् नेताहरू हो, अब कस्तो व्यक्ति चुन्ने, कस्तो  व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईंहरूको हातमा छ । हिजो जे-जे भयो भयो हिजो आस गरेर जसलाई मत दियौं दियौं, अब समय परिवर्तनशील छ। तपाईंहरूको अगाडि विकल्पको रूपमा प्रस्तुत हुन आएकी छु’, रेखाले आफ्नो उम्मेदवारीबारे प्रस्ट पारिन् ।

थापाले स्थानीयसँग त्यहाँका समस्याहरू सुनेकी थिइन् । त्यस क्रममा बोल्दै एक स्थानीय महिलाले धेरै वटा पार्टीको नेताहरू आए पनि केही सुधार नभएको बताइन् ।

‘बाटो उस्तै पिच भए हुन्थ्यो। यहाँ सिंहदेवी मन्दिर छ । बाटो पिच भए हामीलाई त्यहाँ जान सहज हुने थियो। आज उहाँ (रेखा) एउटा नारी भएर हिम्मतका साथ हाम्रो घरदैलोमा आउनुभएको छ’, उनले भनिन्, ‘के का लागि भन्दा उहाँ यो ठाउँको विकास गरौं भनेर नै हो । यहाँको समस्या हटाउन नै हो ।’

‘हामीले जतिलाई भोट दियौं दियौं केही भएन उहाँ जस्तो हिम्मतवालीलाई भोट दियौं भने हाम्रो ठाउँ र देशको विकास हुन्छ भन्ने मलाई लाग्दछ,’ उनले भनिन्, ‘हिजो नेताहरू आउँथे, आफ्नो एकोहोरो कुरा राख्थे। भेटसम्म हुन पाउँदैन थियो । आज रेखा बहिनीसँग माया साट्न पाएका छौँ, हाम्रो समस्या राख्न पाएका छौँ। फोटो खिचेका छौँ, उहाँप्रति हामीमा यो ठाउँको लागि केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’

रेखाले हिजोको नेताहरूले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सही उम्मेदवार छान्ने बेला आएको बताइन् । ‘अब पहिले जस्तो गल्ती गर्नुहुन्न, हिजो जसलाई जिताउनुभयो, उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताएर किन गुनासोको जिन्दगी बाँच्ने आगामी ५ वर्षसम्म? रेखाको प्रश्न छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस