सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो । जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको थियो । जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















