चुनाब आउदै गर्दा तपाईलाई आफ्नो क्षेत्रमा को उठ्यो होला भन्ने खुल्दुली लागेको हुन् सक्छ।
तर सहि सुचना नपाउदा तपाईले आफ्नो क्षेत्रमा उठेको उम्मेदवारको बारेमा थाह नपाउँ सक्नु हुन्छ। त्यसैले आज हामीले नेपालभर उठेका प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको सुची लिएर आएका छौ।
प्रतिनिधि सभा निर्वाचन, २०७९, २०७४ को निर्वाचनको ५ वर्षपश्चात् २०७९ सालमा हुने आम निर्वाचन हो। नेपाल सरकारले २०७९ को प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गर्ने निर्णय गरेको छ।
उम्मेदवारी दर्ता सकिएको छ भने असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
प्रदेश सभाको उम्मेदवारको सुची हेर्न यहाँ क्लिक गर्नुहोस। त्यस्तै प्रतिनिधि सभाको उम्मेदवारको सुची हेर्न यहाँ क्लिक गर्नुहोस।
















