×
Lagani
Lagani Shiksha gif
सेल्फी पागलपन : सेल्फी लिनको लागि सडक पार गर्दै गरेको बाघको नजीक गएपछि …….



भारतको मध्यप्रदेशबाट एउटा भिडियो सार्वजनिक भएको छ।

घटना पन्ना–छतरपुर सडक ‘पन्ना टाइगर रिजर्भ’ नजिकैको हो, जहाँ केही युवा आफ्नो ज्यान जोखिममा राखेर बाघसँग सेल्फी खिचिरहेका थिए ।  यो भिडियो IFS अफिसर सुशान्त नन्दले अक्टोबर ६ मा सेयर गरेका थिए। उनले क्याप्सनमा लेखेका छन्- याद गर्नुहोस् यदि तपाईंले ठूलो शिकारी (मांसाहारी) देख्नुभयो भने, बुझ्नुहोस् कि उसलाई कसैले हेरोस भन्ने चहान्छ तर उसलाई कसैले पछ्याओस् भन्ने चाहँदैन। बाघले खतरा महसुस गर्ने बित्तिकै मार्न सक्छ। कृपया यस्तो व्यवहार नगर्नुहोस्।

Lagani Shiksha gif
sharehubapk सेल्फी पागलपन : सेल्फी लिनको लागि सडक पार गर्दै गरेको बाघको नजीक गएपछि .......

यो ४६ सेकेन्डको भिडियोमा हामीले एउटा बाघ जंगलबाट निस्केर बाटोको अर्को छेउमा गएको देख्न सक्छौं । केही केटाहरूले बाघलाई देख्छन्, त्यसपछि उसले आफ्नो खल्तीबाट मोबाइल निकाल्छ र क्यामेरामा बाघलाई खिच्न थाल्छ। यति मात्र होइन, कतिपयले उनीसँग सेल्फी खिच्ने प्रयास पनि गरेका छन् । तर, बाघले सबैलाई बेवास्ता गर्छ र चुपचाप जङ्गलतिर लाग्छ । तर युवाको यो कार्यलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले पटक्कै मन पराएनन् ।

अहिलेसम्म यो क्लिपलाई २३ हजारभन्दा बढी भ्यु र एक हजारभन्दा बढी लाइक प्राप्त भइसकेका छन् । साथै, प्रयोगकर्ताहरूले लगातार आफ्नो प्रतिक्रिया दिइरहेका छन्। जसरी एकजनाले लेखेका छन् कि यी युवाहरुलाई कारबाही हुनुपर्छ । अर्काले लेखेका छन् भारतमा सबैभन्दा धेरै मृत्यु मोबाइल फोटोग्राफीका कारण पनि भइरहेको छ। त्यसैगरी धेरै प्रयोगकर्ताहरूले यी युवाहरूलाई मूर्ख र कम बौद्धिक भनेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस