×
Lagani
Lagani Shiksha gif
अरुको दुख देख्दा आशु झार्ने गंगा चौधरीलाई पार्टीले टिकट नदिएपछि लौरो चुनाव चिन्ह बाट उठ्दै।



एमाले छाडेर प्रतिनिधिसभामा दाङ–१ बाट गंगा चौधरी सत्गौवाले लौरो चुनाव चिन्ह बाट उम्मेदवारी दिएकी छन् ।

उनले स्वतन्त्र भनेपनि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी  दिएको निर्वाचन आयोगले जनाएको छ। एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेर  उनि हाम्रो नेपाली पार्टीबाट उठेकी हुन् ।

Lagani Shiksha gif
sharehubapk अरुको दुख देख्दा आशु झार्ने गंगा चौधरीलाई पार्टीले टिकट नदिएपछि लौरो चुनाव चिन्ह बाट उठ्दै।

एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ । त्यस्तै नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।

नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएका हुन् ।

गठबन्धनका दलले हिजो मंगलबार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलेले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस