नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिन्ह दिएको हो । कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन् ।
यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।
त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो ।
उनले चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चितवन ३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको नाम सूचीबाट हटाइएको हो । सोही क्षेत्रमा सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
















