×
Lagani
Lagani Shiksha gif
युक्रेन युद्ध: महिनौँपछि राजधानी किएभमा कैयौँ विस्फोटन



युक्रेनको राजधानी सहर किभमा शृंखलाबद्ध विस्फोट भएका छन् ।

लामो समयको अन्तरपछि किभमा विस्फोटका घटना सार्वजनिक भएका हुन् । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन् । अन्य स्थानमा पनि विस्फोट भएका छन् । आक्रमणमा धेरै मानिसको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk युक्रेन युद्ध: महिनौँपछि राजधानी किएभमा कैयौँ विस्फोटन

रुसले विलय गराएको क्रिमिया जोड्ने पुलमा विस्फोट भएको दुई दिनपछि ती विस्फोट भएका हुन् । क्रिमिया जोड्ने पुलमा युक्रेनी सेनाले विस्फोट गराएको रुसले दाबी गर्दै आएको छ । उक्त पुल दक्षिणी युक्रेनमा रुसी सेनाका लागि आवश्यक सामग्री  पठाउने मुख्य मार्ग रहेको थियो ।

यसैबीच, क्रिमिया पुलमा भएको विस्फोटबारे छलफल गर्न रुसी सुरक्षा परिषद्को बैठक वस्दै छ । बैठकको अध्यक्षता रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गर्दै छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस