×
Lagani
Lagani Shiksha gif
लौरो चुनाव चिन्ह पार्टीको हो , स्वतन्त्रहरुको चिन्ह भनेर प्रसार गरेमा कारबाही हुन्छ : निर्वाचन आयोग



निर्वाचन आयोगले लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर प्रसार नगर्न हाम्रो नेपाली पार्टीलाई ध्यानाकर्षण  गराएको छ।

सामाजिक संजालमा स्वतन्त्र अभियान भन्दै लौरो चिन्हको प्रसार भैरहेको बेला यस्तो भ्रम नफैलाउन निर्वाचन आयोगले निर्देसन दिएको छ। निर्वाचन आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरको चुनाव चिन्ह स्वतन्त्रहरुका साझा तथा वेकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको  छ ।

Lagani Shiksha gif
sharehubapk लौरो चुनाव चिन्ह पार्टीको हो , स्वतन्त्रहरुको चिन्ह भनेर प्रसार गरेमा कारबाही हुन्छ : निर्वाचन आयोग

दललाई प्रदान गरिएका निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिन्ह प्रयोग नगरी स्वतन्त्र तथा वकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाका सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकोले त्यस्ता भ्रामक कुराहरु प्रचार प्रसार नगर्न नगराउन र विभिन्न सामाजिक संजालमा लोरो चिन्ह भनी राखिएका सामग्री तुरुन्त हटाउनका साथै देहायका विषयमा तीन दिन भित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टिकरण पेश गर्न हाम्रा नेपाली पार्टीका अध्यक्ष श्री अनन्तराज घिमिरेलाई आदेश दिएको छ ।

निर्वाचन आयोगले पार्टीलाइ निम्न प्रश्नको जवाफ मागेको छ ?

१) प्रतिनिधि सभा सदस्य निर्वाचन एन, २०७३ को दफा (६) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) मा पहिला हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ भन्ने कानूनी व्यवस्था रहेकोमा तपाईंको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह लौरो तपाईं
दलका अध्यक्ष अनन्तराज घिमिर लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकोले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्नु भएको हो?

२. तपाईंका दल निर्वाचन आयागमा निर्वाचन प्रयाजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीर्तफको बन्दसुची समेत पेश गरी निर्वाचन चिन्ह लौरो समेत प्रदान गरिसकिएकोमा लौरा चिन्ह स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हु भनी के कुन आधारमा प्रचार प्रसार गर्नु भएको हो ? त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन?

३. प्रतिनिधि सभा सदस्य निर्वाचन एन, २०७३ का दफा (३) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) मा आयागले राजनीतिक दल वा उम्मेदवारलाई निर्धारण गरिएका निर्वाचन चिन्ह दलका उम्मेदवार वा दल बाहेक अरु कसले पनि प्रयोग गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेकोमा लौरो चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हा भनी प्रचार प्रसार गर्ने अधिकार तपाईं र तपाईंको दललाई कुन कानूनले  प्रदान गर्यो ?

४. दलका चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने कार्य कानून विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधरणमा अन्योलता सिर्जना गरी स्वच्छ निर्वाचनमा  प्रभाव पर्ने हुदा  हुँद्रफ तपाईं र तपाईंका दललाई कारवाही किन नगर्ने?

 

Press 2079 6 7 page 0001 लौरो चुनाव चिन्ह पार्टीको हो , स्वतन्त्रहरुको चिन्ह भनेर प्रसार गरेमा कारबाही हुन्छ : निर्वाचन आयोग

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस