SBI 279 -0.1 SPIL 790 -9 SBL 227.5 -1.3 BNT 12810 -190 CBBL 851.9 16.9 MDB 486.6 11.6 NRN 496 -4 AHL 429.2 -13.8 GRDBL 427.4 -4.6 MERO 716 23 CHL 313.7 -1.2 USHL 462.1 -7.9 TPC 465 -15 CKHL 521 -6.9 ALICL 571.8 -3.7 UNLB 2120 79.9 KBL 136.9 -2.1 MLBBL 1350 60 JBBL 293 -5 MMKJL 438 -9 ULHC 326 -4 NIMBD90 1081 0 SHPC 328.8 1.7 DLBS 1326 106 HURJA 280 -6 MBJC 290 -4.9 GLBSL 2093 -46.3 NICA 360.1 2.1 NLG 760 -4 CGH 790 3 CFCL 385 -9 SABSL 940 53 ALICLP 312 0 NHDL 464 11.8 SWBBL 834 24 CHDC 810 71 MHNL 226 -4 NICAD85/86 1035 -5 MEL 227.7 -1.3 RHPL 265.9 -1.1
×
बिरामी बोकेको एम्बुलेन्सलाई पनि जान दिएन गृहमन्त्री खाणको मनोनयन दर्ताको र्‍यालीले !



भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ ।

सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो । आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो ।

बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स मैत्री पथमा रोकिएको थियो । गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्‍यालीमा उम्मेदवार नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतको समर्थकहरुको र्‍यालीका कारण एम्बुलेन्सलाई अवरोध हुन पुगेकाे हाे ।

एम्बुलेन्स जाने बाटो नै नभएपछि एम्बुलेन्स र्‍याली अगाडि बढेपछि मात्रै गन्तव्यतर्फ लागेको थियो । गृहमन्त्री नै उम्मेदवार भएपछि भैरहवाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । रुटमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई पूर्ण रोक लगाइएको थियो ।

भैरहवास्थित बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता को तालिका रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस