जंगली भालुको आक्रमणबाट काठमाडौंमा एक पुरुष घाइते भएका छन्।
शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए। आज बिहान अन्दाजी ९ बजेतिर जंगलको बाटो हिँड्ने क्रममा उनलाई भालुले आक्रमण गरेको हो।
उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए । भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइतेको बोल्न सक्ने अवस्था छैन।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















