×
Lagani
Lagani Shiksha gif
४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति ‘दिक्क’



एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन्।

दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए। तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे।

Lagani Shiksha gif
sharehubapk ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति 'दिक्क'

“मैले नजितेको भए हुन्थ्यो,” उनले भने, “बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।” अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्। उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो।

अनुप के भन्छन्?

उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त्यो निर्णय रोजगारीका लागि मलेसिया उड्न तय भएको समयभन्दा एक दिन अघि लिइएको थियो। छोराको खुत्रुके फुटाएर उनले चिट्ठा खरिद् गरेका थिए।

उनले चिट्ठा जितेको सार्वजनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो। “जितेपछि म ज्यादै प्रसन्न भएको थिए,” उनले हालैको एउटा भिडिओमा भनेका छन्, “घरमा मानिसहरू र क्यामेराहरू थिए र हामी खुसी थियौँ।”

तर चाँडै नै अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनी बताउँछन्।

“म घरबाट बाहिर निस्कन सक्दिनँ। म कतै जान सक्दिनँ। मेरो बच्चा बिरामी छ तर म उसलाई अस्पतालसमेत लैजान पनि सक्दिनँ।” सरकारी कर कटाएर करिब २४ करोड रुपैयाँ प्राप्त गर्ने भएका उनले प्रत्येक दिन मानिसहरू आफ्नो घरमा आउन थालेको बताए। “सबैलाई म के मात्र भन्न सक्छु भने मैले अझै पैसा पाइसकेको छैन। मैले जति पटक भने पनि कसैले पनि मेरो समस्या बुझेको जस्तो देखिँदैन,” उनले भने।

अनुपका अनुसार उनी र उनको परिवार सबैतिरबाट व्यक्त भइरहेका चासोबाट जोगिन आफन्तहरूकोमा बसिरहेका छन्। राज्य सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदुपयोगका विषयमा एक दिने तालिमको आयोजना गर्ने बताएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस