×
Lagani
Lagani Shiksha gif
बजारमा नक्कली पेय पदार्थ , कम्पनि भन्छ यो हाम्रै ब्राण्ड हो !



चिया र पानी पछि नेपालमा सबै भन्दा बढी प्रयोग हुने पेय पदर्थ कोल्ड ड्रिंक्सनै होला।

त्यी मध्य पनि अझ कोक , पेप्सी , फेन्टा ,ड्यु , स्प्राइट आदि बढी लोकप्रिय छन्। तर हाल नेपालि बजारमा उस्तै देखिने नक्कली पेय पदार्थ आएको छ। पसलेलाई बढी नाफा हुने र हेर्दा पनि उस्तै देखिने भएको हुदा पसलेहरुले पनि बढी रुचाएका छन्।

Lagani Shiksha gif
sharehubapk बजारमा नक्कली पेय पदार्थ , कम्पनि भन्छ यो हाम्रै ब्राण्ड हो !

पसलेले बढी नाफा हुने लोभमा यस्ता नक्कली पेय पदार्थ बिक्रि गर्ने गरेको पहिएको छ। पसलमा गएर एउटा चिज माग्दा अर्कै ब्राण्डको बस्तु दिनु पनि एक किसिमको ठगि नै हो। नक्कली बस्तु झट्ट हेर्दा रङ, बोतल, डिजाइन, केही छुट्याउनै नसकिने, लेबल हेरेपछि मात्रै थाहा हुने यस्ता उत्पादनको गुणस्तरबारे खासै अध्ययन पनि नहुने हुदा यसको मार र असर सरासर उपभोक्तामा परेको छ।

यस्तै पेय पदर्थ उत्पादन गर्ने मध्य एउटा चर्चित कम्पनि हो सिंगापुर वेभरेज । कम्पनीले हेर्दा हुबहु र नाम पनि उस्तै उस्तै देखिने खालको पेय पदार्थ धमाधम बजारमा बिक्रि गरिरहेको छ। क्लब कोला, मनसुन ड्यु, फेन्सी, राइट जस्ता हेर्दा  बिदेशी ब्राण्ड जस्तै देखिने खालका पेय पदर्थ बजारमा ल्याएको छ।

कम्पनीका संचालकले भने यसलाई आफ्नो नयाँ उत्पादन रहेको र कसैको ब्राण्डसँग नमिलेको दाबि गर्छन। एक अन्तर्वातामा उनि भन्छन “यो मेरो विशुद्ध नयाँ उत्पादन हो । यो कोहीसँग मिलेको पनि छैन र मिलाएको पनि छैन । बोतलको डिजाइन पनि मिलेको छैन । कलर, उत्पादन र स्वादमा कोही कसैको एकाधिकार हुँदैन ।”

उद्योग विभागका पूर्वमहानिर्देशक ध्रुव राजवंशीले ठूला नक्कली धन्दा गर्नेहरू राजनीतिक संरक्षणमा रहेको र कसैले अनुगमन गरिहाल्यो भने मन्त्रालय र मन्त्रीबाटै हस्तक्षेप हुने गरेको एक अन्तर्वार्तामा बताउछन। उनि भन्छन ” विभागको अहिलेको कर्मचारीले गर्न सक्ने भनेको बजार अनुगमन गरेर सानालाई कारबाही र जरिवाना हो । ”

झट्ट हेर्दा उस्तै देखिने र नाम पनि उस्तै उस्तै खालको सामाग्री उत्पादन गर्नु भनेको अपराध नै हो। यसले गर्दा उपभोक्ता ठगिने मात्र नभएर उपभोक्ताको स्वास्थ्यमा पनि असर पर्ने गर्दछ।त्यसकारण सम्बन्धित निकायले यस बिषयमा ध्यान दिनु जरुरि छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस