UHEWA 400 -10 SABSL 816 -17 KLBSL 889 -1 NABIL 435.2 -2.8 SJLIC 500.5 0.5 HEIP 361.1 6.7 ACLBSL 775 -10 BHL 342 -6 VLBS 735 -12 RIDI 176 -1.5 TRH 727.5 -2.6 RBCL 13066.1 13.1 DDBL 705 -8 NHPC 147.5 -1.1 NIFRA 202 -2 MKJC 456.5 -5.5 API 173 -0.9 CORBL 445 9.1 RFPL 384 -10 NESDO 1742.1 16.1 HHL 375.1 2 JBLB 1320 5 ANLB 1990 -5 MFLD85 1001 10 RSDC 619 0.2 SPHL 468.3 -5.6 RNLI 430.3 -0.2 HATHY 859.2 3.2 GBBL 363 -2.9 MBJC 304 3.9 SWBBL 756.2 -8.7 ILI 547.3 2.1 HDHPC 133 -0.6 BNHC 476.1 -8.2 HIDCLP 100.1 -0.9 NIMBD90 1015.5 9.5 KBLPO 106 0 SWMF 746.1 -13.9 NRM 365.5 -8.5 RMF2 8.28 -0.02
×
डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ।



प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ ।

डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।

यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो । उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए ।

डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस