KRBL 613 0 MKHL 493 -6 GHL 218.5 -1.1 DDBL 916.2 3.1 SDBD87 1035 4 HIDCL 270.7 -4.1 MLBBL 1635 15 CIZBD86 1060 -10 MDB 630 -3.8 MHL 725 3.5 MKJC 467.9 -1 KPCL 493 -0.8 LUK 9.21 -0.09 CHL 353 0.4 HBL 260 -13 VLUCL 588 -1.9 MEN 631.1 -3.9 PPL 461 -2.5 SWMF 812 -13 ACLBSL 1035 0 KDL 1059 16 KBLD89 1156 1 BGWT 934.9 -21.1 SMJC 574 -6 UNHPL 266 0 OHL 925 -9 SHIVM 599 -8 NLO 242.1 0 SONA 473.2 -7.8 MHNL 265.5 -0.5 MBLD2085 1085 6.5 BPCL 449 -7 KDBY 9.21 -0.23 HATHY 1322 13 BHL 440 -13 CORBL 958.8 -10.2 UNLB 2527 -3.9 KKHC 260 -2 BOKD86 1040 18 NMB50 10.3 0.05
×
जापानको १४ अर्ब सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिँदै



नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब २ करोड रुपैयाँ (१५९.०१ करोड जापानी येन)बाट १३२ केभी क्षमताका पाँचवटा नयाँ सबस्टेसन निर्माण गरिने छ । सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने छ ।

जापानको सहयोगमा काठमाडौं उपत्यकाको थापाथली, महाराजगञ्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२÷११ केभीका सबस्टेसन निर्माण गरिने छन् ।

सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरालगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारकातर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे । त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब दुई किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्विचिङ स्टेसनमा ल्याइने छ । थापाथली स्विचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२/११ केभीको सबस्टेसन निर्माण गरिने छ । सबस्टेसनको क्षमता ९० एमभिए रहने छ । सबस्टेसनबाट विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नौ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै राजदरबार ल्याइने छ । महाराजगञ्ज र राजदरबारमा १३२/११ केभीका एक÷एक सबस्टेसन निर्माण हुनेछन् । सबस्टेसनको क्षमता ६०/६० एमभिए रहने छ ।
यसैगरी, भक्तपुरको सिरुटारमा १३२/११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने छ । सबस्टेसनको क्षमता ६० एमभिए रहने छ । तीनवटै सबस्टेसनबाट स्थानीय रुपमा विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस