×
Lagani
Lagani Shiksha gif
यो दशैँमा पढ्नुहोस शेयर बजार सम्बन्धि ज्ञान दिने यी पुस्तक।



शेयर बजारमा रहेका नयाँ लगानीकर्ताले शेयर बजारको सहि ज्ञान नभएर आफु संग भएको पैसा गुमाउने गर्छन।

नयाँ लगानीकर्ताले छोटो समयमा धेरै नाफा कमाउन खोज्दा आफ्नो पुजी गुमाउने गरेको देखिन्छ।  उनीहरु शेयर बजारको बारेमा जान्न चाहन्छन तर कसरि लगानी गर्ने भन्ने ज्ञान उनीहरुमा हुदैन जसकारण उनीहरु निरास हुने गर्छन।  त्यसैले आज हामीले हाम्रो रोजाइमा रहेका शेयर बजारमा कसरि लगानी गर्ने भनेर सिक्नको  लागि अति उपयोगी र ज्ञानबर्द्धक पुस्तकको सुची लिएर आएका छौ जुन तपाइले सजिलै घरै बसेर अर्डर गर्न सक्नु हुने छ।

Lagani Shiksha gif
sharehubapk यो दशैँमा पढ्नुहोस शेयर बजार सम्बन्धि ज्ञान दिने यी पुस्तक।

सेयरको आधारभूत विश्लेषण

सेयरको आधारभूत विश्लेषण सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा रचित पुस्तक हो ।  आधारभूत विश्लेषण अथवा प्राविधिक विश्लेषणका आधारमा सेयरमा लगानी गरिन्छ । यो पुस्तक पढिसकेपछि आधारभूत विश्लेषण कसरी गर्ने र कम्पनी कसरी छान्ने भन्ने सहजै अनुमान गर्न सकिन्छ । वासलात र नाफानोक्सान विवरणका आधारमा कम्पनीको मूल्य सस्तो वा महँगो के छ ? आगामी वर्ष कति लाभांश दिन सक्छ ? यस्ता जिज्ञासा मेटाउने यो पुस्तक विशेषतः दीर्घकालीन र सुरक्षित लगानीका लागि बढी उपयोगी हुनेछ ।

सेयरबाट करोडपति

सेयरबाट करोडपति सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा रचित पुस्तक हो । पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो । यस पुस्तकमा सेक्स र सेयरबीच किन तुलना गरिएको छ । लेखक रविन्द्र भट्टराईले सेयरबाट करोडपतिलाई आफ्नो सपनाको पुस्तक भएको बताएका थिए। उनले सेयरको प्राविधिक कुरालाई सजिलो भाषामा बुझाउन पुस्तकमा आफूले १२ वर्ष लामो समय खर्चिएको जनाए।

पैसा बनाउन कति, कसरी र कस्तो दुख गर्ने भन्ने आवस्यकता र अवसरले निर्धारण गर्छ। तर पैसा कमाउन कै लागि जीवन खण्डहर बनाउनु पर्दैन। दैनिक दूई घन्टा गरिने अध्ययनले वर्तमान मात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ।

सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण

सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा रचित पुस्तक हो । भट्टराईद्धारा लिखित किताबको यो संस्करणमा प्राविधिक विश्लेषण गर्ने तरिकालाई अझ सरल र सजिलो ढंगबाट प्रस्तुत गरिएको छ । रेखाचित्रको माध्यमबाट सेयर बजारको घटबढको विश्लेषण गर्ने सरल तरिकाहरु यो किताबमा सिकाइएको छ ।

जसबाट बजारको बढ्दो ट्रेन्ड, घट्दो ट्रेन्ड, टेवा, अवरोधको विश्लेषण, मैनबत्ती चार्ट, आरएसआई आदिको विश्लेषण सरल तरिकाबाट गर्न सकिन्छ । एसआरसिएसले, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर बजारका जिज्ञासाहरु, बैंकिंग जिज्ञासाहरु, बिमा जिज्ञासाहरु, कमोडिटिज जिज्ञासाहरु, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता किताब प्रकाशन गरिसकेको छ ।

यी ३ पुस्तक खरिद गर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस