×
Lagani
Lagani Shiksha gif
गण्डकीका मन्त्री भन्छन्ः देउवाले मुख्यमन्त्री बन्न पाउँदैनस् भने सांसदको टिकट पनि फालेर हिँड्छु



गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा कांग्रेस नेता कुमार खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनले दाबी गरेका छन् । अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका हुन् । कांग्रेस छिर्ने बित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष उम्मेद्वार बन्ने तयारीमा छन् ।

Lagani Shiksha gif
sharehubapk गण्डकीका मन्त्री भन्छन्ः देउवाले मुख्यमन्त्री बन्न पाउँदैनस् भने सांसदको टिकट पनि फालेर हिँड्छु

उनले फेसबुकमा आफ्नो समर्थक समूहको पेज नै बनाएर प्रचार गरिरहेका छन् । टिकटका लागि खड्का सँगै हालका सांसद विन्दुकुमार थापा पनि रेसमा छन् ।

उनी अघिल्लो चुनावमा कास्कीका ६ वटा प्रदेशसभा क्षेत्र मध्ये कांग्रेसबाट जित्ने एक्लो सांसद हुन् । आफ्ना समर्थकको भेलामा मन्त्री खड्काले आफू आगामी निर्वाचनपछि मुख्यमन्त्री नबन्ने भए सांसदको टिकट समेत फालेर हिँड्ने चेतावनी दिएका छन् ।

‘मलाई शेरबहादुर देउवाले टिकट दिन्छु तर मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्नुभयो भने टिकट पनि फालेर हिँड्छु । मलाई सांसद हुनका लागि, मन्त्री भएर जागिर खानका लागि टिकट चाहिएको होइन,’ उनले भने, ‘पोखरामा एउटा मनिपाल आउँदा फुलबारी क्षेत्रका नागरिकको काँचुलि फेरियो । त्यस्ता धेरै संस्था ल्याउँछु । धेरैले रोजगारी पाउँछन् ।’

उनले आफ्ना क्षेत्रका युवाहरुलाई विदेश पठाउने सपना पूरा गर्नका लागि चुनावको प्रतिश्पर्धामा रहेको बताएका छन् । ‘गण्डकी प्रदेशलाई जापान, साउथ कोरिया, अमेरिका, अष्ट्रेलियासँग एमओयू गरेर यहाँका युवाहरुलाई, शिक्षक, विद्यार्थी, महिला, समाजसेवी, कृषकलाई पठाउने । राजा महेन्द्रका पालामा विदेश जान जति सजिलो थियो, गण्डकीका नागरिकलाई पठाउनका लागि मेरो स्वप्न थियो । त्यसलाई साकार बनाउन मलाई अझै समय पुगेन । त्यसैले मैले यो आकांक्षा गरेको हुँ,’ उनले अघि भने ।

नेपाली कांग्रेसले यसअघि समानुपातिक सांसद बनेकाहरुलाई नदोहो¥याउने परिपत्र जिल्लामा पठाएपछि खड्काले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका हुन् । ‘मेरा लागि समानुपातिकको ढोका पनि बन्द छ । राष्ट्रियसभाको ढोका पनि बन्द र राजनीतिक नियुक्तिको ढोका पनि बन्द छ,’ उनले भने, ‘माथिल्लो निर्वाचन मेरा लागि सम्भव छैन । श्रोत र साधन ब्यापक चाहिने । त्यो अभाव भएको हुँदा मसँग कि प्रदेश (ख) मा चुनाव लड्ने कि राजनीति छोड्ने । मसँग धेरै अवसर छैन ।’ मन्त्री खड्काले बोलेका भिडियोहरु अहिले सामाजिक सन्जालहरुमा पनि ‘भाइरल’ भएका छन् । फेसबुक पेजमार्फत उनले आफ्नो प्रचार गराइरहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस