×
Lagani
Lagani Shiksha gif
द कपिल शर्मा सोमा प्रेम गित-३ को टिम , यस्तो छ तयारि !



यति बेला पहिलो पटक हिन्दीमा डबिङ भएर रिलिज हुन लागेको नेपाली चलचित्र प्रेम गित ३ को चर्चा छ।

त्यसमाथि पनि केहि दिन देखि प्रेम गित ३ को टिम भारतको चर्चित कमेडी कार्यक्रम ‘द कपिल शर्मा सो’मा जादै छ भन्ने बारे निकै हल्ला चलेको छ।  फेसबुक र युट्युबमा हल्ला चलेपनि आधिकारिक रुपमा यो कुराको कतै स्पस्ट पारीको छैन। यस बारे ‘प्रेम गीत–३’ निर्देशक तथा निर्माता सन्तोष सेन अहिले नै निश्चित भइनसकेको र प्रयास गरिरहेको बताउछन।

Lagani Shiksha gif
sharehubapk द कपिल शर्मा सोमा प्रेम गित-३ को टिम , यस्तो छ तयारि !

अक्षयकुमारको टिमको सुटिङ पहिले नै तय भइसकेको र अर्को चलचित्रको पनि सुटिङको कुरा भएको हुदा यदि त्यो टिम नजाने भएमा प्रेम गितको टिम यही १३-१४ तारिकमा सुटिङको लागि जाने उनि बताउछन।  निर्माण पक्षले आफैं प्रस्ताव गर्दा ‘द कपिल शर्मा सो’ले २५ लाख आईसी लिने हुदा सन्तोष मनिषा कोइराला र गोबिन्दालाई लिएर ‘द कपिल शर्मा सो’मा जाने तयारीमा रहेको र यसका लागि उनले मनिषा र गोविन्दालाई प्रस्ताव गरिसकेका छन् ।

बलिउडका चर्चित कलाकार संग जादा सिनेमाको प्रचार भारतमा पनि हुनेछ भने अर्कोतिर सोले पैसा पनि माग्दैन उनले बताएका छन्। सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्र असोज ७ गते रिलिज हुँदै छ । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्र नेपालमा हिन्दि भाषामा पनि रिलिज हुने सन्तोष बताउछन।  उनि भन्छन चलचित्र  एकैदिन हिन्दीमा रिलिज त् हुदैन तर नेपालमा हिन्दीको माग आएको कारण हिन्दीमा पनि रिलिज गर्न लागेका हौ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Ajit magar
Guest
Ajit magar
September 11, 2022 11:54 am

Good 👍



ताजा समाचार
लोकप्रिय
सिफारिस