×
Lagani
Lagani Shiksha gif
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी ,नेपाल फर्किएलगत्तै पक्राउ पर्ने।



 नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछाने  खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ । पीडित नाबालिक अस्थाकी छिन् । नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ ।

Lagani Shiksha gif
sharehubapk क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी ,नेपाल फर्किएलगत्तै पक्राउ पर्ने।

प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् ।

क्रिकेटर सन्दीप घटना भएको भोलिपल्ट विदेश उडेका थिए । हाल उनी क्यारेबियन प्रिमियर लिगमा सहभागिताका लागि वेस्टइन्डिजमा छन् । २२ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् । उनीमाथिको अभियोगले करिअरमै धक्का पर्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस