काठमाडौं महानगरका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ ।
अवैध संरचना हटाएको भन्दै भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेतले चर्को विरोध गर्दै आएका छन् । तर उनकै जिल्ला भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ३५ सार्वजनिक सूचना निकालेर अरनिको राजमार्ग र त्यस आसपासका अनधिकृत संरचनाहरू हटाउन भनेको छ ।
नगरपालिका क्षेत्रभित्र अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरूमा समेत मापदण्ड विपरित सार्वजनिक बाटो, जग्गा अतिक्रमण गरिएकाले आवागमनमा बाधा पुगेको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।
आज मंगलबारका मितिले ३५ दिनभित्र अवैध संरचना हटाउने तथा अनधिकृत प्रयोग नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरू गरेपछि त्यसको प्रभाव अन्य नगरपालिकामा पनि देखिन थालेको हो ।
पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन भने पनि सम्बन्धितले अटेर गर्दै आएका थिए ।


















ek choti tyo sansad ko ghar ko pani naksa hernu parne k …