×
महेश बस्नेतको जिल्लामा पनि अवैध संरचना हटाउन ३५ दिने सूचना



काठमाडौं महानगरका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ ।

अवैध संरचना हटाएको भन्दै भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेतले चर्को विरोध गर्दै आएका छन् । तर उनकै जिल्ला भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ३५ सार्वजनिक सूचना निकालेर अरनिको राजमार्ग र त्यस आसपासका अनधिकृत संरचनाहरू हटाउन भनेको छ ।

नगरपालिका क्षेत्रभित्र अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरूमा समेत मापदण्ड विपरित सार्वजनिक बाटो, जग्गा अतिक्रमण गरिएकाले आवागमनमा बाधा पुगेको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।

आज मंगलबारका मितिले ३५ दिनभित्र अवैध संरचना हटाउने तथा अनधिकृत प्रयोग नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरू गरेपछि त्यसको प्रभाव अन्य नगरपालिकामा पनि देखिन थालेको हो ।

पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन भने पनि सम्बन्धितले अटेर गर्दै आएका थिए ।

madhyapur thimi notice महेश बस्नेतको जिल्लामा पनि अवैध संरचना हटाउन ३५ दिने सूचना

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Hakuma baucha
Guest
Hakuma baucha
September 1, 2022 9:22 am

ek choti tyo sansad ko ghar ko pani naksa hernu parne k …


सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस