×
एलआइसी नेपालले ८८.४५% हकप्रद सेयर निष्कासन गर्ने, बीमा समितिसँग स्वीकृति माग्दै।



लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार (भदौ १३ गते) बसेको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँबाट ८८.४५१६८% हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउन हकप्रद जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले २ अर्ब ३४ करोड ६७ लाख ९९ हजार ९७३ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि मात्र कम्पनीले  हकप्रद शेयर निष्कासन गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस