×
Lagani
Lagani Shiksha gif
कमेडी गरेको आरोपमा कमेडियन पक्राउ , १० दिन थुनामा राख्न अनुमति।



कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ।

Lagani Shiksha gif
sharehubapk कमेडी गरेको आरोपमा कमेडियन पक्राउ , १० दिन थुनामा राख्न अनुमति।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए ।उक्त उजुरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सिंहलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच, सिंहले माफी माग्दै युट्युबबाट भिडियो हटाइसकेका छन् । उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यंग्य गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस