×
भर्खरै आईपियो निष्कासन गरेको श्वेत गंगा हाइड्रोपावर २ करोड ३२ लाख नोक्सानीमा।



श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार सार्बजनिक गरेको  वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनी रू. २ करोड ३२ लाख नोक्सानीमा रहेको छ भने अघिल्लो आवमा कम्पनी रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । अघिल्लो आवमाको तुलनामा यो कम नोक्सानी हो।

अघिल्लो आवमा रू. ६३ हजार रहेको कम्पनीको वित्तीय आम्दानी गत आवमा बढेर रू. ८ लाख ४२ हजार पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव १० र प्रतिशेयर आम्दानी रू. २ दशमलव ०४ ऋणात्मक रहेको छ ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३६ करोड रहेको छ भने जगेडा कोष रू. ९ करोड ४५ लाख ऋणात्मक रहेको छ । त्यस्तै  कम्पनीले अन्य जगेडामा रू. २ लाख ५८ हजार सञ्चित गरेको छ ।

कम्पनी केहि साता अघि सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेर बाँडफाँट  समेत गरिसकेको छ।

Swet Ganga Q4 Report 15 August 2022 scaled भर्खरै आईपियो निष्कासन गरेको श्वेत गंगा हाइड्रोपावर २ करोड ३२ लाख नोक्सानीमा।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस