×
Lagani
Lagani Shiksha gif
न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा (फोटोफिचर)



न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् ।

‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ ।

Lagani Shiksha gif
sharehubapk न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा (फोटोफिचर)

यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुन आमरण अनशनमा बसेकी हुन् ।

१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ ।

जिल्ला अदालतले आरोपीलाई आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी उनले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् ।  उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको  उनले बारम्बार गुनासो गर्दै आएकी छन् ।

296515992 364153839226723 5661328778817764419 n न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा (फोटोफिचर) 296895984 568433261675654 4169103774518203390 n न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा (फोटोफिचर) 296737772 596472995417495 6038888039398590179 n न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा (फोटोफिचर) 296472325 767991714524538 3981580883112347154 n न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा (फोटोफिचर) 296463483 1441107739645833 3073758563133745858 n न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा (फोटोफिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस