×
Lagani
Lagani Shiksha gif
आज नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा



कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिएको हो । ‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’बाट मिति २०७८ चैत २९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Lagani Shiksha gif
sharehubapk आज नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।

296200133 437497801726096 8827177466169984053 n आज नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस