रत्ननगर नगरपालिका वडा नं–९ का अतिविपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
रत्ननगर उद्यमी महिला समूहले सो वडाका अतिविपन्न ९ परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न सामग्री वितरण गरिएको हो । सुकमाया कुमाल, ज्ञानु लामा, सन्चरिया चौधरी, दीपक लामा, सुनिल लामा, सविना कुमाल, बन्नु महतो, सविता महतोलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुखअतिथि सो वडाका वडाध्यक्ष अनन्त अधिकारी र समूहकी अध्यक्ष देवी अधिकारीले खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा समूहकी अध्यक्ष अधिकारीले आर्थिक अभावका कारण भोकै बस्न बाध्य समुदायको पहिचान गरी सहयोग गरिएको बताइन् ।
समूह उपाध्यक्ष अम्बिका ढकाल, कोषाध्यक्ष सरस्वती मर्दनिया क्रियाशील सदस्यहरु पवित्रा सुनार, सोनी श्रेष्ठ, सीता ढकाल सहभागी रहेको कार्यक्रम समूहका सल्लाहकार बाबुराम श्रेष्ठले सञ्चालन गरेका थिए ।

















