GBLBS 738 -10 GRDBL 743 5 ULHC 390 -7.9 NRIC 803 -5 SHIVM 599 -8 HIDCL 270.7 -4.1 LSL 253.5 -5.5 BPCL 449 -7 CMF1 10.5 -0.2 NIMBPO 176.9 -1.1 SRBLD83 1065 -10 SBLD84 1040 19.3 SPC 520 5 NTC 980.1 -2.4 KMCDB 1027.8 -11.1 MSHL 938 3 MLBS 1532.3 -86.7 MBL 255 -4 RURU 740 -9.8 NICA 452 -13 MLBL 398 -6.9 TSHL 909 -11 UMHL 308 -4 KSBBLD87 1093.4 18.4 KKHC 260 -2 GMFBS 1512.1 -16.9 SLCF 9.21 -0.1 SCBD 1111 6 NMLBBL 769 -11 KRBL 613 0 TAMOR 482.9 -2.1 MCHL 488.3 -3.7 FMDBL 758 -0.1 PHCL 465.1 -9.9 EBLD85 1105 5 H8020 10.2 -0.05 NLIC 814 -13.4 GLH 244 -2 KBL 234 -6.9 SBD87 1048 11.9
×
यी हुन छिटै आइपियो निष्कासन गर्न सक्ने कम्पनीहरु ,कसले कति निष्कासन गर्दै ? जान्नुहोस



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

हाल आईपीओको लहर चलिरहेको बेला लगाइकर्तालाइ कुन बेला आईपीओ निष्कासन होला भन्ने कुराले सताइरहेको हुन्छ। तर नेपाल धितोपत्र बोर्डले हालको ३ महिना सम्म कुनैपनि कम्पनीलाई आइपियो निष्कासनको अनुमति प्रदान गरेको छैन। २२ कम्पनीले आइपियो निष्कासनको लागि बोर्डमा निवेदन दिहिसकेका छन् तर ति मध्ये  एउटा कम्पनीले पनि अनुमति पाएका छैनन। यी हुन् आइपियो निष्कासनको लागि बोर्डमा अनुमति माग्दै निवेदन दिने २२ कम्पनि।

यपत्री हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर जारी गर्नको अनुमति माग्दै आवेदन पनि दिइसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 इमर्जिंग नेपाल लिमीटडले ५ करोड बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । निश्कासित हुने ५ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि हो  कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पुँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पुँजी १६ करोड रुपैयाँ हुनेछ ।  संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले  ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

रिलायवल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको हो । रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । उपकार लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।

रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले धितोपत्र बोर्डसँग २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासनको लागि अनुमति मागेको छ । बोर्डबाट अनुमति पाए स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ।  राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।  लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरकाे ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ  । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

डिस होम (टेलिभिजन प्रदायक कम्पनी) ले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । अहिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनले त्यसको १० प्रतिशत (२० करोड रुपैयाँ बराबरको)  आइपीओ निष्कासन गर्ने जनाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको हो ।कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

दोर्दीखोला जलविद्युत् आयोजनाले आइपिओ बिक्री गर्ने भएको छ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२  हजार ९००  रुपैयाँ बराबरको सार्वजनिक निष्काशन गर्ने भएको हो  । दोर्दी खोलाले निष्काशन गर्ने एक सय रुपैयाँ अंकित दरमा २९  लाख ५१ हजार ९२९  कित्ता आईपीओलाई रेटिङ्ग कम्पनी इक्राले औसतभन्दा तल आधार जनाउने ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ।

अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।

अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बिक्री गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएकाले आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्कासन तथा बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ ।

विन्दवासिनी हाइड्रोपावरले  सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २५  करोड रुपैयाँ बराबरको २५  लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

 हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको  छ । कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता निष्कासन गर्न लागेको हो । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बलेफी हाईड्रोपावर लिमिटेडले प्रति शेयर रु.१००(अंकित दरको ३६,५५,९४० कित्ता साधारण शेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निश्कासन गर्ने भएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ दिएको छ ।

ग्रीन भेन्टर हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेको छ । आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेष्डो लघुवित्त वित्तीय संस्थाले  सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्त ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

 थ्री स्टार हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १२ लाख ३१ हजार २५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आदर्श लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न लागेको हो । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस