×
Lagani
Lagani Shiksha gif
गृहमन्त्री र सचिवले शान्ति सुरक्षाको नाममा एक वर्षमा गरे एक करोड ३८ लाखभन्दा बढी रकम खर्च



गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

Lagani Shiksha gif
sharehubapk गृहमन्त्री र सचिवले शान्ति सुरक्षाको नाममा एक वर्षमा गरे एक करोड ३८ लाखभन्दा बढी रकम खर्च

मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृहसचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ । अर्थमन्त्रीले भन्दा गृहसचिवले उक्त वर्ष शान्ति सुरक्षाको नामममा १३ लाख ५ हजार रुपैयाँ बढी खर्च गरेको देखिएको छ ।

‘निर्णयमा एक पटकको खर्चको सीमा तोकिए तापनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

उक्त वर्ष गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ र गृहसचिवमा महेश्वर न्यौपाने रहेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस