×
Lagani
Lagani Shiksha gif
मर्जरको लागि प्रभु लाइफको विशेष साधारणसभा



प्रभु लाइफ इन्सुरेन्सको विशेष साधारण सभा असार २३ गते बस्दै छ ।

कम्पनीको विशेष साधारण सभा काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ । बीमा कम्पनीहरुमा पूँजी वृद्धि भइरहँदा प्रभु लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।

Lagani Shiksha gif

कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ ।  सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गरिसकेको छ ।

जसअनुसार असार १५ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस